बहिनी करणी गर्ने पुर्पक्षको लागि थुनामा

वैशाख १४, २०७३- आफ्नै काकाकी छोरी बहिनीलाइ जवरजस्ती करणी गरेको अभियोग लागेका ठोसेका प्रेमवहादुर विकलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
  जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको ईजलासले मंगलबार उक्त आदेश दिएको हो । विकले बहिनी नाता पर्ने १६ बषिर्या किशोरीलाइ जवरजस्ती करणी गरेको भन्दै प्रहरीले मुद्दा पेस गरेको थियो । अदालतले निज किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको अभियोग लागेका प्रेमवहादुरका भाईलाई सोमबार धेरौटीमा छोडेको थियो ।

0 comments

Write Down Your Responses