यार्चा टिप्न जाँदा मृत्यु
शाख ७, २०७३- यार्चागुम्बु टिप्न जाने क्रममा यहाँका एक युवक भीरमा खसेको ढुंगाले लागेर खस्दा मृत्यु भएको छ ।
मनाङ नारस्थित लेकमा पुगेका बाँझेखेत ९ का अन्दाजी ३० बर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार घटना सोमबार साँझको भएपनि जानकारी मंगलबारमात्रै प्राप्त भएको हो ।
उनका अनुसार १३ जना युवाहरु मनाङको नारस्थित लेकमा ३/४ दिन अघि नै गएका थिए । बाटोमा जाँदै गर्दा भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर गुरुङलाई अन्दाजी २ सय मीटर तल भीरमा पुर्याएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिएको र घटनास्थ्ल जान सदरमुकाम चामेबाट ८ घण्टा पैदल हिँड्नुपर्ने उनले बताए । घटनास्थल पुग्न आफन्त मनाङतर्फ आउँदै गरेको उनले बताए ।

0 comments
Write Down Your Responses