युरोप अध्ययन किन उपयुक्त ?
कृष्ण नाथ
अध्यक्ष, नेपाल युरोपियन एजुकेसन काउन्सिल - See more at: http://www.enayapatrika.com/2016/03/58316#sthash.rl3hxo36.dpuf
अध्यक्ष, नेपाल युरोपियन एजुकेसन काउन्सिल - See more at: http://www.enayapatrika.com/2016/03/58316#sthash.rl3hxo36.dpuf
कृष्ण नाथ
अध्यक्ष, नेपाल युरोपियन एजुकेसन काउन्सिल - See more at: http://www.enayapatrika.com/2016/03/58316#sthash.rl3hxo36.dpuf
युरोपले आधाभन्दा बढी संसार ओगटेको छ । नेपाली विद्यार्थीका लागि युरोपियन मुलुक धेरै किसिमले उपयुक्त छ । नेपालबाट ब्याचलर र मास्टर्स अध्ययन गर्न युरोपका देशहरूमा जान सकिन्छ । त्यसमा पनि नेपाली विद्यार्थी युरोपमा मास्टर्सको कोर्स अध्ययन गर्न जाँदा राम्रो हुन्छ । मास्टर्सको कार्यक्रम प्राय: सबै देशमा लगभग उस्तै छ ।
युरोपमा उच्च शिक्षा दिने पब्लिक र प्राइभेट शैक्षिक संस्थाहरू छन् । ती शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना गर्ने व्यवस्था फरक रहेको छ । सरकारी विश्वविद्यालयले नेपालको तीनवर्षे ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सीधै भर्ना लिँदैनन् । प्रिमास्टर्स कोर्स गरेपछि मात्र त्यहाँ मास्टर्स अध्ययन गर्न पाउँछन् ।अध्यक्ष, नेपाल युरोपियन एजुकेसन काउन्सिल - See more at: http://www.enayapatrika.com/2016/03/58316#sthash.rl3hxo36.dpuf
नेपालमा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई पनि सीधै ब्याचलरमा भर्ना लिँदैनन् । युरोपियन देशमा गएर फाउन्डेसन कोर्स गरेपछि मात्र ब्याचलरमा भर्ना लिने गरेका छन् । सामान्य विषय अध्ययन गर्न नेपालमा भन्दा युरोपमा बढी समय लाग्छ । चिकित्सासम्बन्धी विषय अध्ययनका लागि झन् धेरै समय लाग्छ । प्राइभेट शैक्षिक संस्थामा सीधै भर्ना पाउन सक्छन् ।
युरोपका सबै देशमा एउटै शैक्षिक प्रणाली छैन । युरोपका कुनै देशमा ब्याचलर दुईवर्षेसमेत रहेका छन् ।
बेलायतमा दुईवर्षे, तीनवर्षे ब्याचलर कोर्स रहेका छन् । वर्ष कम भए पनि क्रेडिट आवर भने पूरा हुन्छ । ब्याचलर कोर्स १२० क्रेडिट आवरको रहेको छ भने कुनै विश्वविद्यालय वा कलेजले तीन वर्ष लगाउने र कुनैले दुई वर्षमै पूरा गरेका हुन्छन् । एउटा कोर्सलाई खान र बस्नमा धेरै समय नलागोस् भनेर कम समयमा सक्ने गरेको पाइन्छ । हप्तामा बढी समय पढाएर क्रेडिट आवर पूरा गर्छन् ।
कतिपय देशमा विद्यार्थी भिसामा गए पनि वर्कमा कन्भर्ट गर्न पाउँछन् । इटालीमा विद्यार्थीलाई वर्क भिसामा कन्र्भट गर्न पाउने व्यवस्था छ । विद्यार्थीले काम गरे पनि पढाइलाई निरन्तरता दिनुपर्छ ।
नेपालमा तीनथरी विद्यार्थी रहेको पाइन्छ । एकथरी उत्कृष्ट छन् । उनीहरू डाक्टर, इन्जिनियरिङलगायतका विषय पढ्न चाहन्छन् । अर्काथरी अस्ट्रेलिया, अमेरिका, युकेलगायतका देशमा अध्ययन गर्न चाहन्छन् । अर्काथरी विद्यार्थी अलिक कमजोर हुन्छन्, पढ्ने नाममा गएर काम गर्ने वा सो देशबाट भाग्नेसमेत गरेका छन् । सोही कारण युरोपका पोर्चुगललगाएतका देशका कलेजले नेपाली विद्यार्थी लैजान छोडेका छन् । त्यहाँ गएपछि पढ्न छोडेर काम गर्ने भएकाले समस्या भएको हो ।
कतिपय देशले नेपालमै भाषामा पूर्ण बनेपछि सीधै विश्वविद्यालयमा अध्ययन गर्नका लागि मात्र अनुमति
दिने गरेका छन् । युरोपको एउटा देशमा गएपछि २८ वटा देशमा प्रवेश पाउन सकिन्छ । युरोपको क्षेत्र ब्यापक रहेको छ । पढ्नका लागि जुन विश्वविद्यालयमा भर्ना गरेको हो त्यहीँ पढ्नुपर्ने हुन्छ । तर, अरू युनिभर्सिटीमा अध्ययनका लागि रिलिज दिएमा अन्त जान पनि सकिन्छ ।
सस्तो शुल्क
युरोपमा अध्ययन शुल्क सस्तो छ । कतिपय देशमा २५ सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ । अस्ट्रेलियामा एक वर्षमा २० लाख खर्च हुन्छ, तर युरोपमा २० लाखमा एउटा कोर्स नै सकिन्छ ।
नेपाली विद्यार्थीले एक वर्षका लागि शुल्क तिरेर गएपछि त्यही देशमा आंशिक समय काम गरेर पढ्न पाउने देश रोज्नु राम्रो हुन्छ । यसो गर्दा अरू वर्षका लागि काम गरेर शुल्क जुटाउन सकिन्छ । सर्वसुलभ शुल्कका साथै अन्तर्राष्ट्रिय डिग्री पाइने भएकाले युरोपियन देश उपयुक्त हुन सक्छन् ।
नि:शुल्कसमेत पढ्न पाइने
युरोपका कतिपय देशमा उच्च शिक्षाका लागि शुल्क तिर्नु पर्दैन । फिनल्यान्ड, जर्मनी र नर्वेमा उच्च शिक्षामा शुल्क तिर्नु पर्दैन । स्विडेनमा शुल्क लाग्दैनथ्यो, केही समययता शुल्क लिन थालेको छ ।
कतिपय देशले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि शुल्क लिन तयारीसमेत गरेका छन् ।
आइइएलटिएस अनिवार्य छैन
युरोपमा सबै देशमा पढ्नका लागि आइइएलटिएस अनिवार्य छैन । धेरै रकम वा आइइएलटिएस नभएर आत्तिनुपर्दैन । आइइएलटिएस नभए पनि अध्ययन गर्न जाने देशको भाषामा राम्रो ज्ञान भएमा अन्य अवसर पाउन सक्छ । युकेमा अध्ययनमा जानेहरूले भने आइइएलटिएस फर युकेभिआई दिनुपर्ने हुन्छ ।



0 comments
Write Down Your Responses