घुस लिने प्रहरी निरीक्षक गुप्ताविरुद्ध मुद्दा

घुस लिने प्रहरी निरीक्षक गुप्ताविरुद्ध मुद्दा प्रकाशित मिति: सोमबार, बैशाख ०६, २०७३ समय: १८:४०:४२ काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खैरहनी चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ताविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्रहरी निरीक्षक गुप्ताले थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै रु आठ हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । घुसबापत लिएको रकम बरामद गरी अनुसन्धान गर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर गरेको पुष्टि भएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले-

0 comments

Write Down Your Responses