सेक्स भिडियो सार्वजनिक प्रेमीको हत्या
ढाका: धोका दिएको भन्दै आफ्ना प्रेमीको मुटु निकालेको अभियोगमा एक युवतलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
Justice२१ वर्षीया फतेमा अख्तर सोनाली नामकी ती युवतीलाई २८ वर्षीय प्रेमी इम्दादुल हक सिपनले आफूसँग विवाह गर्न अस्वीकार गरेपछि मुटु निकालेर हत्या गरेको घटनामा अदालतले यस्तो फैसला सुनाएको हो ।
अदालतका अभियोजक क्वाजी शबिर अहमदका अनुसार सोनालीले प्रेमी इम्दादुलको ल्यापटपमा अन्य महिलासँग सेक्स गर्दै गरेको भिडियो भेट्टाएपछि आवेशमा आएर मुटु झिकी हत्या गरेको बयान अदालतसमक्ष दिएकी थिइन् ।
ती युवतीले आफूसँग बिहे गर्न अस्वीकार गर्ने प्रेमीलाई निद्राको दबाई दिएर सुतेपछि हत्या गरेर उनको मुटुसमेत झिकेकी थिइन् ।
उनकै बयानको आधारमा बंगलादेशको उत्तरपश्चिम शहर खुल्नास्थित अदालतका न्यायाधीशले मृत्युदण्डको फैसला सुनाएका छन्। अन्नपुर्ण
0 comments
Write Down Your Responses