बाख्रोले जन्मायो दुरुस्तै मान्छे जस्तो पाठो,टाढा टाढादेखि हेर्नेको भीड
जानकारी अनुसार दक्षिणी मलेसियाको फेल्डा काममा बस्दै आएका इब्राहिम बसिरको घरमा बाख्राले मान्छेकै अनुहार भएको पाठो केही दिनअघि जन्माएको थियो । इब्राहिमका अनुसार बाख्राको पाठो जो जन्मिएपछि मर्यो, त्यसलाई केही शोधकार्यमा सहज बनाउन भेटरनरी सर्भिसलाई बुझाइएको छ ।
'बाख्राको यस्तो पाठो यसअघि कहिल्यै देखेको थिइनँ, भविष्यमा फेरि देख्न पनि नपाइएला' इब्राहीमले भने । बाख्राले मान्छे जस्तै पाठो जन्माएपछि टाढा टाढादेखि हेर्नेको भीड लागेको थियो ।


0 comments
Write Down Your Responses