मधेसी र जनजाति नेताले विदेशीलाई सुनाए आफ्नो वेदना

संघीय गठबन्धनका २४ मध्ये १० मधेसी-जनजाति पार्टी नेताले विदेशी कुटनीतिज्ञ भेटेर ३ दर्जन वार्ता भइसक्दा पनि आफ्नो आन्दोलनको सुनुवाई नभएको बताएका छन् । राजधानीको होटल र्‍याडिसन्मा बिहीबार अपराह्न भएको भेटमा गठबन्धन नेताले मधेस आन्दोलनमा राज्यका तर्फबाट हिंसा भएको, संविधानप्रति असन्तुष्टिको सम्बोधन नभएको बताएका थिए । 

भारत, चीन, अमेरिका, युरोपेली देशलगायतका कुटनीतिज्ञले गठबन्धनको असन्तुष्टि के-के मा हो भनी सोधेपछि मागहरु बुदागत रुपमा सुनाइएको थियो । गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका ओम गुरुङले आफ्ना माग बि्रफिङ गरेको बैठक स्रोतले बतायो । 'हामीले यहाको पछिल्लो अवस्था, आन्दोलन सकिएपछि पनि जारी कालाबजारिया, महगीलगायत विषय कायम रहेको बारे जानकारी गरायौं,' सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बताए, 'पहाडमा भूकम्पपीडितले अझै राहत नपाएको, फेरि वषर्ायाम लाग्न आटा राज्यको पक्षबाट कुनै सुनवाई नभएको जस्ता विषय छलफल भए ।' भेटमा विदेशी कुटनीतिज्ञले पछिल्लो घटनाक्रमबार आफूहरु अवगत भएको टिप्पणी गरेका थिए । 
उनीहरुले ठूला तीन दलसग वार्ताको माध्यमबाट समाधान गर्न, अन्यथा फेरि आन्दोलन हुने परिस्थिति आए शान्तिपूर्ण कार्यक्रम आयोजना गरिनुपर्ने बताएको स्रोतले बतायो । गठबन्धन नेताले सरकारी पक्षसग ३६ पटक वार्ता भए पनि समाधान नभएको गुनासो गरे । नेताहरुले असन्तुष्टिहरु सम्बोधन नभए आफूहरु कडा संघर्षमा जान बाध्य हुने चेतावनी समेत सरकारलाई दिइसकेको भन्दै माग सम्बोधनका वातावरण बन्नुपर्ने बताएको भेट फोरमका एक नेताले कान्तिपुरलाई बताए । एक घण्टाजति चलेको भेटमा चीनका राजदूत उ चुन्थाई, प|mान्सका राजदूत यभस कार्मोना बाहेकका देशले दोस्रो, तेस्रो तहका प्रतिनिधि र अधिकारी पठाएका थिए । राजदूत भेट्न गठबन्धन नेता गए पनि निर्णय भने चैत १९ गते सानोठिमीमा बसेको मोर्चा बैठकले गरेकेा थियो । 
 संघीय गठबन्धनले २६ बुदे अवधारणापत्र सार्वजनिक गर्दै फेरि आन्दोलनमा जाने बताइरहेको छ । पहिलो चरणमा जिल्ला सदरमुकाम केन्दि्रत कार्यक्रम सार्वजनिक गरिने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए । गठबन्धनको बैठक बिहीबार फेरि बस्ने भनिए पनि शुक्रबार ११ बजे तीनकुनेस्थित फोरम कार्यालयमा बस्ने उनले जानकारी दिए ।

0 comments

Write Down Your Responses