कमाउन हिँडेकी लक्ष्मी २ दिनमै बाकसमा घर फर्किन्

17 April 2016   खोटाङ, खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन्। हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन्। गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन्। विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्षीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन्।
 विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्यो। समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्याइएको खबर आजको नागरिक दैनिकमा छ। वैदेशिक रोजगारीका सिलसिलामा लक्ष्मी यसअघि पनि साइप्रस पुगेकी थिइन्। साइप्रसमा सोचेजस्तो कमाइ नभएपछि फर्किएकी उनी पहिले डुबेको लगानीसमेत उकास्ने सोचका साथ विदेशिने तयारीमा थिइन्।

0 comments

Write Down Your Responses