होटलमा युवतीको शव फेला
सोलुखुम्बु, वैशाख ८ पर्यटकीय बजार लुक्लास्थित एक होटलमा युवतीको शव भेटिएको छ ।
गुदेल– ५ सोलुखुम्बु स्थायी घर भएकी २१ वर्षीया रेविना राईको गए राति बास बसेकै कोठामा शव फेला परेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
चौँरीखर्क– ५ टोकटोकस्थित मिलन थापा मगरको होटलमा काम गर्दै आएकी राईको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जनाइएको छ । रासस

0 comments
Write Down Your Responses