७० जना सवार बुद्ध एअरको विमान आकस्मिक अवतरण !!


         
     झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको विमान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । शुक्रबार पौने १ बजे आकासमै विमानको देब्रेपट्टिको इन्जिनमा समस्या आएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ ।
  दिउँसो १२ बजेर २६ मिनेटमा भद्रपुर विमानस्थलबाट उडेको विमान १२ बजेर ४८ मिनेटमा विराटनगरमा अवतरण गरिएको हो । चालक दलका सदस्यसहित विमानमा ७० जना सवार थिए । भद्रपुरबाट उडेको एटीआर विमान ७२ सिट क्षमताको हो । -

0 comments

Write Down Your Responses