भर्खरै लाजिम्पाटमा जीप र मोटरसाइकल जुधे, एकको मृत्यु


काठमाडौंः सोमबार बिहानै काठमाडौंका लाजिम्पाटमा भएको सडक दुर्घटनामा एकजनको ज्यान गएको छ । बिहान पौने १ बजेको समयमा पल्सर मोटरसाइकल र जीप एक आपासमा जुध्दा मोटर साइकलमा सवार एक युवाको ज्यान गएको हो ।
 लाजिम्पाटतर्फबाट आइरहेको बा१२च६४४३ टोयोटा जीप र नम्बर नखुलेको पल्सर मोटरसाइकल जुध्दा भएको दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जलबिरेका सुमन श्रेष्ठको ज्यान गएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर सुनिल शहले जानकारी दिए । दुर्घटनापछि घाइते उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएपछि ज्यान गएको हो । 
सोही मोटरसाइकलमा सवार तनहुँको बन्दीपुरका सुशान गुरुङ गम्भीर घाइते भएका छन् । उनको पनि वीर अस्पतालमा उपचार भइरहेको छ। जीपसँग जुधेपछि मोटरसाइकलमा आगो लागेर जलेको थियो । घटनापछि पुगेको प्रहरीको टोलीले मोटरसाइकलमा लागेको आगो निभाएको इन्सपेक्टर शाहले बताए । आगो लागेर जलेकाले मोटरसाइकलको नम्बर खुल्न सकेको छैन । दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर साहले जानकारी दिए ।

0 comments

Write Down Your Responses