अछाम जिल्लाका चार गाविस भूक्षयको अति जोखिममा

सोमबार, बैशाख १३, २०७३
अछाम जिल्लाका चार गाविस भूक्षयको अति जोखिममा रहेको पाइएको छ । जिल्लाका अति दुर्गम रहफ, भैरवस्थान, खप्तड र बाब्ला गाविस भूक्षयको अति जोखिममा रहेको पाएको हो । जिल्ला भू–संरक्षण कार्यालयले गरेको अध्ययनले उक्त गाविसहरु भूक्षयको जोखिममा रहेको पाइएको बताइएको छ ।

 ग्रामीण क्षेत्रमा रहेका ती गाविसमा रहेका वनजङ्गल मासिनु, पानीका मुहान सुक्नु, पहिरो जानु, पहिलेको तुलनामा मौसममा परिवर्तन आउनुलगायतका सङ्केत देखिएकाले भूक्षयको अति जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालय, अछामले जनाएको छ । तीनवटा नगरपालिका र ५५ वटा गाविस रहेको जिल्लाका अन्य केही गाविससमेत जोखिममा रहेको बताइएको छ ।
 करिब नौ महिना अगाडि मात्र जिल्लामा स्थापना भएको जिल्ला भू–संरक्षण कार्यालयले जिल्लाको भूक्षय नियन्त्रण पानीका स्रोतको संरक्षण वातावरण अनुकूलनलगायतका क्रियाकलाप सञ्चालन गरिरहको जिल्ला भू–संरक्षण अधिकृत शिवप्रसाद पोखरेलले बताउनुभयो

0 comments

Write Down Your Responses