उपेन्द्र सुब्बाः चार्ल्स टावरदेखि झाँक्री डाँडासम्म
समीक्षक समाजको निम्तोमा हङकङ आएर कवि उपेन्द्र सुब्बाले आफ्ना ‘फन्नी’ र मन छुने कविता सुनाए । श्रोताले घरी दाँत देखाउँदै मनोरञ्जन लुटे, घरी मार्मिक कविताले मुटुको फेद छिनाउँदा व्याकुल बने । कतिजना त किलकिले देखिने गरी हिरिक्कै पनि भए । हाँस्न बिर्सिसकेको म यन्त्रमानव पनि थोरै त
मुस्कुराएँ । उनलेे ‘मेट्रोपोलिस’ सहर हङकङका रमाइला किस्सा पोको पारिसकेका छन् ।
उता काठमाडौं महानगर व्यग्र छ, उपेन्द्र सुब्बाको मुखबाट हङकङलाई सुन्न ।
‘अनि कस्तो लाग्यो त हङकङ ?’ हत्तेरी डटकमका सम्पादक रविन बान्तवा खाहोङ राईले सोधे । ‘हउ यहाँ त भन्दिनँ हे हे, उता नेपाल फर्केपछि भन्छु कि, अनि मात्रै स्वाद आउँछ,’ उपेन्द्रजीले आफ्नो स्वभावअनुसार रिजर्भ बस्न रुचाए । उनको रिजर्भ बस्ने बानी नै खासमा उनको सफलताको रहस्य हो । उनी कसैलाई पिर्दैनन् । बरु सक्दो हसाउँछन् । छुचाचैं राजन मुकारुङ र म हो, वैरी धेरै कमाइयो । सोच्दछु, अब त बूढो भइयो, मलामी चाहिन्छ । उपेन्द्रजी जस्तै सोझो र सरल हुने प्रयत्न गर्दै छु त्यसैले । उनले मलाई कानमा सुटुक्कै भने, ‘हाउ अहिले मुक्तान थेबा भन्ने नयाँ कवि भाइ आएको छ, कवितामा आगो बाल्छु जस्तो गर्छ । मलाई त्यो भाइ उहिलेको राजनजी जस्तो लाग्छ हाहाहा…।’ राजन मुकारुङ साँच्चै नै खतरनाक कविता लेख्थे, सिर्जनशील अराजकताको आन्दोलनताका ।
उनको त्यो ऊर्जा र कविताप्रतिको विश्वासले गर्दा नै हामी यहाँसम्म आइपुगेको हो खासमा । तर राजनजी र म धेरै उच्कियौं, उपेन्द्रजी कहिले उच्किएनन् । कबड्डी कबड्डीको झाँक्रीको भूमिकाले सेलिब्रेटी बनायो, उनलाई । तर, उनी उही कवि उपेन्द्र, ‘हवस् सर, हउ र हे हे’सित नै छन् । रसिक मान्छे उपेन्द्रजी फेरिएका छैनन् । फेरिएको चैं उनको विचार रहेछ ।
उनलाई मंकहरूले लगाउने रङ मन पर्न थालेको छ । दर्शनशास्त्रका पुस्तकहरू अहिले पढ्न छोडिसकेका छन् । कहीँ दूर एकान्तमा जान मन लाग्छ, हिजोआज उनलाई । विकास त विनाश पनि रहेछ, ऊनी भन्छन्, ‘त्यही भएर विकासदेखि वाक्क लाग्न थालेको छ ।’
‘मलाई भेँडेटारको पिकनिकचैं नाट्यकर्मी शशि सुब्बादिदीले कहीँ पनि वाचन नगर्नुभन्नुभएको छ । तर तपाईंहरूको अनुरोधमा सुटुक्कै गरिहाल्छु ल । हाँस्दै कविता वाचन गरे-
जाउँ


0 comments
Write Down Your Responses