इथोपियामा आंतककारी समूहद्धारा २०८ को हत्या

अफ्रीकी देश इथियोपियामा आतंककारी समुहले २ सय ८ जनाको हत्या गरेका छन् । दक्षिणी सुडानबाट प्रवेश गरेका मुर्ले जनजाती समुहले १ सय २५ बालबालिकाको अपहरण समेत गरेका छन् । यसअघि गएको शुक्रबार पनि दक्षिणी सुडानबाट प्रवेश गरेका आंतककारी समूहले इथियोपियाको थुप्रै गाउँमा आक्रमण गरेको थियो । जवाफी कारबाहिमा केहि आक्रमणकारी मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बन्धक बनाइएका बालबालिकाहरुको रिहाईका लागि प्रयास जारीरहेको इथियोपियाली सरकारले जनाएको छ । बालबालिकाहरुलाई बन्धक बनाईको स्थानमा सरकारी सुक्षाकर्मीले घेरा हालेका छन् । गाम्बेला भन्ने स्थानमा भएको आक्रमणमा परि मृत्यु भएकाहरुको सम्झनामा इथियोपियाको सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । गम्बेलामा लक्षिणी सुडानका हजारौँ शरणर्थीहरु रहका छन् । सन् २०१३ मा भएको जनविद्रोहको समयमा भागेर उनीहरुले गम्बेलामा आएर शरण लिएका थिए ।

0 comments

Write Down Your Responses