स्वेतालाई फिल्मको अफर, तर यो बर्ष काम नगर्ने

नायिका स्वेता खड्कालाई चलचित्रमा अभिनयका लागि दर्जनौ अफर आइरहेको छ । दर्जनौ चलचित्रको प्रस्ताव अस्विकार गरेकी स्वेताले यो वर्ष कुनै पनि चलचित्रमा काम नगर्ने बताईन् । ‘म अहिले दादाको ममीको जुठो मै छु । त्यसकारण जुठो नसकेसम्म कुनै चलचित्रमा काम गर्दिन ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘यो विचमा धेरै चलचित्र छाडें ।’
 चलचित्रमै फर्किने सोचमा रहेकी स्वेता कहिलेदेखि फर्किने भन्ने विषयमा अहिल्यै भन्न सक्दिनन् । ‘म चलचित्रमै फर्किन्छु पक्का हो तर, कहिलेदेखि भन्न सक्दिन ।’ स्वेताले भनिन् । पछिल्लो समय अभिनय भन्दा पनि सार्वजनिक कार्यक्रममा नै उनी व्यस्त छिन् । चलचित्र ‘कोहिनुर र कहाँ भेटिएला’ हिट भएपछि स्वेताको माग चलचित्र बजारमा खुबै छ ।

0 comments

Write Down Your Responses