प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर, नपढेकालाई पनि अवसर (फारामसहित)
काठमाडौं, ६ बैशाख । देशको प्रमुख सुरक्षा निकाय नेपाल प्रहरीले ठूलो संख्यामा जागिर खोलेको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले सोमबार दरखास्त आव्हान गरिएको हो । जसमा देशभरीका लागि ४३२ जना माग गरिएको छ । प्रहरीले दरखास्त गरेको पदमा सामान्य लेखपढ गर्न जान्नेलाई पनि अवसर दिइएको छ
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैशाख १५ देखि जेठ १४ गतेसम्म पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर तथा ७२ वटै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फाराम बितरण तथा दर्ता कार्य हुने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई दरखास्त दर्ता गर्न आव्हान गरिएको छ ।
बिस्तृत जानकारीको लागि दरखास्त सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइटमासमेत राखिएको प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास, भर्ना तथा छनौट शाखाले जनाएको छ ।


0 comments
Write Down Your Responses