अष्ट्रेलियमा बन्दैछ ‘बिर्सन सक्दिन’
अष्ट्रेलियामा सफ्ट्वेर इन्जिनियरिङ पढदै गरेका धरानका निश्चल कार्कीले गाएको ‘बिर्सन सक्दिन’ बोलको गितले धेरै युवायुवतीको मुखमा झुण्डिएको थियो । प्रेम कथालाई आधार बनाएर कक्षा ११ मा पढ्दै गर्दा उनले लेखेको त्यो गितले कलेज पढ्ने हरुको भवनालाई उतार्न खोजेका छन् । तिनै निस्चल कार्किले अहिले अष्ट्रेलियमा त्यहि गितको म्युजीक भिडियो बनाएका छन् ।
भन्छन जुन महिनाको अन्तिम सम्ममा म्युजीक भिडियो बजारमा पु¥याउने योजना छ । आफ्नै शब्द,संगित,स्वर र कम्पोजमा तयार पारेको गीतको म्युजीक भिडियोको निर्देशनपनि उनी आफैले गरेका छन ।
अष्टे«लियाको सिड्नी स्थित ओपेरा हाउस,बोटानिकल गार्डेन,मरोब्रा,कोग्रा,केम्सि जस्ता ठाउमा छायङकन गरिएको म्युजीक भिडियोमा फिल्म मेकिङमा अष्ट्रेलियामा ग्य्रायुजेशन गरेका संयोग ताम्राकारले क्यामरा प्रयोग गरेका छन् भने इडिटिङ पनि उनैले गर्दैछन् ।
अष्ट्रेलियन कलाकारहरुको म्युजीक भिडियो तथा डकुमेन्ट्रिहरुमा काम गरिसकेका उनले निश्चलको ‘बिर्सन सक्दिन’ लाई पनि आफ्नौ कला कौशलतालाई निमेक लगाएर देखाउने भएका छन् ।म्युजीक भिडियोमा निश्चल खड्का ,सुदन बानीया र निशा श्रेष्ठले मोडलिङ गरेका छन् ।प्रेमलाईं एउटा आर्दश भन्दा पनि आबश्यक्ताको रुपमा बुझेकी प्रेमिकाको रोलमा निशाले भुमिका निर्बाह गरेकी छिन् भने लिड रोलमा देखिएका अर्का मोडल निश्चल खड्का भने प्रेमलाई आदर्श मान्ने तर निम्न इकोनोमिक स्टाटस भएका कारण निशाबाट धोका खाएको पिडित पत्रको रुपमा देखिएका छन् ।
निशालाई सौखिन पात्रको रुपमा देखाईएको म्युजीक भिडियोमा निश्चल खड्कालाई छाडेर सुदन बानीयाँ सँग अर्को प्रेम समन्ध जोडेको दृश्य निकै मार्किक भएको निर्देशक निश्चल कार्की बताउछन् ।अहिलेका युवा पिडिमा प्रेमले कस्तो रुप लिन्छ भन्नेकुरा मैले यो म्युजीक भिडियोमा देखाउन खोजेको छु ,उनले भने ।निशाको ‘प्रेम बियोग’मा परेका निश्चललाई साच्चै पे्रम गर्ने रोलमा भने उनका साथी राजेश गन्धर्ब देखिएका छन् ।
राजेशले निश्चललाईं ‘प्रेम बियोग’बाट मुक्त बनाउन खोजेका छन् निर्देशक तथा गाएय कार्की सुनाउछन् । नेपालको साङगीतिक बजारमा छुट्टै पहिचान बनाउन खोजेका गायक तथा निर्देशक कार्कि भन्छन्I
यो म्युजीक भिडियोले मलाई नेपाली सांगितीक बजारमा सानदार रुपमा उपस्थित गराउने छ । नेपालको सांगितीक क्षेत्रमा मेरो पहिलो कदमको रुपमा मैले यो म्युजीक भिडियोलाई लिएको छु,बिश्वास छ दर्शक र श्रोताले साथ दिनुहुने छ ।नेपालमै छायाङकन गर्ने सोच भएपनि अध्ययनका लागि अष्ट्रेलिया पुगेपपछि उतै बसेर नेपाली गित संगित र म्युजीक भिडियोको प्रर्बधन गर्न लागेको उनी सुनाउछन् ।


0 comments
Write Down Your Responses