महिलाले एकैचोटि जन्माइन् ५ जना छोरी

five child

भारतमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएकी छिन् । भारतको छत्तिसगढ राज्यस्थित सरगुजा जिल्ला अस्पतालमा २३ वर्षकी मनिका राजवाडे नामकी महिलाले ५ जना छोरी जन्माएकी हुन् । महिला र उनले जन्माएका पाँचै जना शिशु स्वस्थ रहेको बताइएको छ । तर ती बच्चा समय भन्दा पहिले जन्मिएका हुनाले उनीहरुको तौल भने कम रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । मनिकाले गर्भ रहेको ७ महिनामै बच्चा जन्माएकी हुन् ।
      उनका छोरीहरुको वजन १ देखि डेढ किलो सम्म रहेको छ । तौल कम भएका कारण शिशुहरुलाई अस्पतालको आइसियुमा राखिएको छ र चिकित्सकहरुले उनीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेका छन् । एकसाथ पाँच बच्चा जन्माउने मनिकाका पति महेशका अनुसार मनिका यसअघि पहिलोपटक गर्भवती हुँदा उनको गर्भ खेर गएको थियो । एकसाथ पाँच छोरीको बाउ हुन पाएकोमा महेश खुसी छन् तर एकैचोटी त्यति धेरै बच्चालाई कसरी हुर्काउने र पालन पोषण गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ । 

0 comments

Write Down Your Responses