अन्तरिक्षमा महिनाबारी भए के गर्ने ?
२०७३ वैशाख १७ गते
लन्डन (एजेन्सी)- विज्ञानको विकाससँगै विश्व धेरै अगाडी बढीसकेको छ । पृथ्वीबाट अन्तरिक्षमा मानिस जान थालेको ५० वर्षभन्दा बढी भैसकेको छ । यो बिचमा धेरै पुरुषहरु अन्तरिक्षमा पुगिसकेका छन् भने महिलाको संख्या पनि ५० पुगिसकेको छ । तर महिलालाई अन्तरिक्षमा लैजाने कुरामा जहिले पनि महिनाबारी तगाराका रुपमा हुने गरेको छ ।
शून्य गुरुत्वाकर्षण भएको क्षेत्रमा महिला महिनाबारी भएमा के हुन्छ ? के के असर गर्छ ?
साँच्चै यस्ले जटिलता नै उत्पन्न गराउँछ त ? यस्ता भयका कारण महिलाका विषयमा जटिलता थपिँदै आएको थियो ।
एनपीजे माइक्रोग्राभिटी जर्नलमा बिहिबार छापिएको जानकारी अनुसार अन्तरिक्षमा जाने महिलाका लागि यस्को समाधानको उपाय दिइएको छ । यो समस्या समाधान गर्न महिनाबारी धकेल्न सकिने उपाय जर्नलमा प्रकाशित छ ।
तर अन्तरिक्षमा अभियान लम्बियो भने नि ? यस्को पनि उपाय जर्नलमा प्रकाशित छ । प्रकाशित जर्नलमा उल्लेख भए अनुसार अभियान लम्बिन गए महिला वैज्ञानिकहरुलाई दिइने लामो अवधिसम्म टिक्ने ‘कन्ट्रासेप्टिभ’ उपयोग गर्न उचित हुन्छ ।
यसका लागि शरीरभित्र हालिने इन्ट्राटेरिन डिभाइस सबैभन्दा राम्रो हुने अनुसन्धानकर्मी डा. वर्षा जैनले बताएकी छिन् ।
उनले लामो समयदेखि अन्तरिक्षमा जाने महिलाहरुको स्वास्थ्यका बारेमा अनुसन्धान गरिरहेकी छन् । यस अध्ययनले शून्य गुरुत्त्वाकर्षण भएका ठाँउमा ‘रेट्रोग्रेड’ (खुस्किने) तरल पदार्थको प्राकृतिक वहाव रोकिँदा महिलालाई असर गर्ने मानिन्थ्यो ।
अध्ययनबाट के देखियो भने महिलाभित्र प्रत्यारोपण गरिने यन्त्रको माध्यमले महिनाबारी व्यवस्थापन गर्न सकिन्छ र त्यसले महिलालाई कुनै असर गर्दैन । uf


0 comments
Write Down Your Responses