दक्षिण एसियाको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सर्दै

सोमबार, १३ बैशाख, २०७३ काठमाडौं, वैशाख १३ । 

दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ । खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ । नासाको अध्ययनमा दक्षिण एसियाली क्षेत्रमा जमिनमुनी पानीको मुहान सुक्दा निम्तिएको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सरेको पाइएको हो । 
 नासामा कार्यरत नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारी र एरिक इभिन्सको यसै महिना साएन्स एडभान्स जर्नलमा प्रकाशित लेखमा जलवायु परिवर्तनका कारण ग्रिनल्याण्डको हिउँ पग्लिएर मात्र नभई दक्षिण एसियामा देखिएको खडेरीलाई समेत यसको कारण औंल्याइएको छ । यी दुबै कारणले पृथ्वीको भार एकबाट अर्को स्थानमा सर्दा ध्रुवीर प्रणाली प्रभावित भएको हो ।

0 comments

Write Down Your Responses